काठमाडौं, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न दिइएको समयमा लामिछानेले पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने भन्दै बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
न्यायाधीश नीतिज राईको इजलासमा उनले भने– ‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु,। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् । गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन ।’




