त्रिभुवन विमानस्थलबाट सुनसहित २ जना पक्राउ

`

     २०८१ पौष २५ गते १२:५९

काठमाडौँ, २५ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको सुनसहित प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा कनकाई नगरपालिका-११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ रहेका छन् ।

उनीहरूको साथबाट करिब १४९.११ ग्राम सुन फेला पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?