दुर्गा प्रसाईँसहित ३ जनाको मुद्दा न्यायाधीश खरेलको इजलासमा पेशी

`

     २०८१ पौष २५ गते ११:२०

काठमाडौं, पुष २५ । मेडिकल व्यापारी दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालत काठमाडौंमा संगठित अपराध र आपराधिक लाभ लिएको अभियोगमा दायर भएको मुद्दामा आज सुनुवाई हुँदैछ । प्रसाईसहित नवीन प्रधान भनिने हरिचन्द्र फुयाँल र रामचन्द्र मैनालीविरुद्ध दायर भएको सो मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा परेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नरसहित उच्च अधिकृतहरू र उद्योगी व्यवसायीलाई धम्की दिएको प्रमाणसहित प्रसाईँ र उनको समूहमा रहेका फुयाल र मैनालीविरुद्ध मुद्दा दर्ता भएको हो ।

यसअघि प्रसाईँलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुरमा प्रहरीले पक्राउ गरेकोमा अदालतबाट धरौटीमा रिहा भएका थिए । फुयाल भने भारतबाट पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?