बागमती प्रदेश प्रमुखलाई दलित आयोगको प्रतिवेदन हस्तान्तरण

`

     २०८१ पौष २१ गते ११:५२

काठमाडौँ, २१ पुस । राष्ट्रिय दलित आयोग बागमती प्रदेशले बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन हस्तान्तरण गरेको छ । आइतबार बिहान प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगले प्रदेश प्रमुख देवकोटालाई वार्षिक प्रगति प्रतिवेदन हस्तान्तरण गरेको हो ।

प्रदेश प्रमुख देवकोटालाई संविधानको धारा २९४ (३) बमोजिम आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले प्रतिवेदन बझाएका हुन् । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले दलित समुदायको सवाल र समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?