३३ वर्षपछि नवदुर्गा नाच सुरु

`

     २०८१ पौष १६ गते १:२७

काठमाडौँ, १६ पुस । भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको नवदुर्गा गण नाच, गोकर्णेश्वरको देशेंमा सोमबारदेखि सुरु गरिएको छ। सोमबार साँझ नचाइएको नाच मंगलबारसम्म दुई दिन नचाइने छ।

२०४६ सालपछि यो नचाउन बन्द थियो । ३३ वर्षपछि २०७९ सालदेखि फेरि नचाउन सुरु भएको हो ।

इतिहास तथा शिलालेखहरूमा उल्लेख भएअनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर सहरलाई नवदुर्गा भवानीमार्फत राजधानी सहरको रूपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्त्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक विधि द्वारा देवदेवीलाई आहान गरी नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?