पार्टीमा आउने सम्भावना छँदैछ: वामदेव गौतम

`

     २०८१ पौष १५ गते ४:४४

काठमाडौँ, १५ पुस । पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा  पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

भेटका क्रममा पुराना संस्मरणहरु पुनःजीवित गरेको नेता गौतमले बताए । उनले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको बताए ।

उनले भने, ‘पुराना पुराना संस्मरणहरु पुनःजीवित गरियो । नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्नेकुरा भयो । आजलाई स्थगित भयो । पार्टीमा आउने सम्भावना छँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?