नेपालको एपीएफ र भारतको एसएसबी सीमा सुरक्षा बैठक बर्दिबासमा बस्दै

`

     २०८१ पौष १२ गते १२:१०

काठमाडौँ, १२ पुस । नेपालको सशस्त्र प्रहरी (एपीएफ) र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बिच नियमित हुने सीमा सुरक्षा सम्बन्धी बैठक आज बर्दिबासमा बस्ने भएको छ । नियमित सीमा सुरक्षा सम्बन्धी डीआइजी स्तरको बैठक बस्न लागेको हो ।

बैठकमा भारततर्फका डीआईजीहरु राजेश टिकु, सुरेश सुप्रमनियम र दिपक कुमारसहित मधेश प्रदेश प्रहरीसहित जिल्लाका प्रमुखहरूको बैठक हुने डिआइजी कालीदास धौवजीले जानकारी दिए ।

उनले ६र६ महिनामा नियमित काउन्टर पास बैठक बस्न लागेको बताए । दुवै तिर आलो पालो बस्ने सहमति अनुसार यो पटक बर्दिबासमा बस्न लागेको जनाए ।

सीमा आर–पार हुने विभिन्न आपराधिक घटनाहरूमा मिलेर कसरी काम गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ । खुल्ला सिमानाका कारण अवैध रूपमा हुने तस्करी नियन्त्रणको विषयमा छलफल हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?