काठमाडौँ, ११ पुस । राष्ट्रिय मानवअधिकार आयोगले जेष्ठ नागरिकको सीप, अनुभवलाई युवा पुस्तामा हस्तान्तरण गरी जेष्ठ नागरिकको सम्मान गर्नुपर्नेमा जोड दिइएको छ ।
आयोग तीनै तहका सरकार तथा सरोकार भएका सबै निकायलाई जेष्ठ नागरिकको सीप, अनुभव र भोगाईलाई पुस्तान्तरण गरी जेष्ठ नागरिकको सम्मान गर्न आग्रह गरेको हो ।
चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवस ‘सभ्य समाजको आधार, जेष्ठ नागरिकमैत्री घरपरिवार’ भन्ने नाराका साथ यो दिवस मनाइरहेको सन्दर्भमा आयोगले तीनै तहका सरकारलाई तथा सरोकार भएका सबैलाई जेष्ठ नागरिकको सम्मान आग्रह गरेको हो ।




