नेपाललाई भारत र चीनबाट हेप्ने र मिच्ने कुरा भयो

`

     २०८१ पौष ११ गते १२:०७

काठमाडौं, पौष ११ । नेपाली भूमि लिपुलेकमा भारतबाट कैलाश मनोसरोवार यात्रा फेरि सुरुवात गर्ने बारे भारत र चीनबीच सहमति भएपछि नेपालमा यसको विरोध शुरु भएको छ ।

भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच डिसेम्बर १८ मा चीनको बेइजिङमा भएको छलफलमा भारतबाट कैलाश मनोसरोवार यात्रा फेरि सुरुवात गर्ने सहमति भएको थियो । नेपालको भूमिबारे नेपाललाई नै थाहा नदिई दुई देशले गरेको सहमतिबारे नेपालमा पनि विभिन्न प्रश्न उठ्न थालेका छन् ।

यसैबीच भारत र चीनबीचको सहमतिप्रति सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपाललाई हेपिएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्( ‘शक्ति र स्वार्थको सामु सम्बन्धको वर्लिनवाल सजिलै ढल्दो रहेछ । लिपुलेक भारत र चीनले नेपाललाई वास्तै नगरी प्रयोग गर्ने सहमति गरेको खबर साँचो हो भने यो नेपाललाई हेप्ने र मिच्ने कुरा भयो । हात्तीहरु जुध्दा पनि पिरती लाउँदा पनि हामी नै पेलिनु पर्नेहरु सम्प्रभुता साना–ठूला सबै देशको बराबर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?