कजाकिस्तानमा विमान दुर्घटना: २८ जनाको सकुशल उद्धार

`

     २०८१ पौष १० गते ५:२८

काठमाडौँ, पौष १० । कजाकिस्तानको अक्ताउ एयरपोर्ट नजिकै विमान दुर्घटना भएको छ । अजरबैजान एयरलाइन्सको विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए ।

दुर्घटनामा २८ जनाको सकुशल उद्धार गरिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार ३० जना भन्दा बढीको मृत्यु भएको बताइएको छ । यद्यपी मृत्यु हुनेको संख्या यकिन नभएको बताइएको छ ।

प्राप्त जानकारीका अनुसार विमान अक्ताउ सहरमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएर आगोको गोलामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?