काठमाडौँ, ९ पुस । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि कांग्रेस–एमालेले बेग्लाबेग्लै कार्यदल बनाउने बताएका छन् ।
संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उनले भनाइ छ । गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गरिने बताए । समावेशितालाई कमजोर बनाउन नभएर थप सुदृढ गरेर संविधान संशोधन गर्न लागिएको समेत उनले दाबी गरे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सात बुँदे सहमतिपछि वर्तमान सरकार बनेको थियो । वर्तमान सरकारको मूल एजेण्डा नै संविधान संशोधन रहेको छ ।




