रवि लामिछानेको बयान सुरु हुन अझै केही दिन लाग्ने

`

     २०८१ पौष ०९ गते ४:४१

काठमाडौं, ९ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको बयान आजपनि नहुने भएको छ । सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा ५१ जनाविरुद्ध अभियोग दर्ता गराएको थियो । अभियोग दर्ता भएसँगै हिजोबाट बयान सुरु भएको छ ।

हिजोदेखि गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीको बयान भइरहेको थियो । आज जोशीको बयान सकिएसँगै लिला पछाईंको बयान सुरु भएको छ ।

लामिछानेको बयान सुरु हुन अझै केही दिन लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?