काठमाडौँ, ९ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निजी क्षेत्र थप संकुचित बनाउने गरी विद्युत विधेयक बनाए विद्युत विकास हुन नसक्ने बताएका छन्। मंगलावार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताको तर्फबाट संशोधन प्रस्ताव पेश गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
महामन्त्री थापाले जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै निजी क्षेत्रको लगानी संकुचित बनाउने विद्युत विधेयक ल्याउन नहुने जिकिर गरे।
उनले जलविद्युत क्षेत्रमा ३० वर्षमा धेरै तीता र सुखद् क्षणहरु देखिएको बताउँदै निजी क्षेत्रको लगानी वृद्धि गर्न निजी क्षेत्रमैत्री कानून बन्नुपर्नेमा जोड दिए।




