काठमाडौँ, पौष ९ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय गर्न सक्ने बताइएको छ । यसका लागि उनको टोलीले तयारी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । यो निर्णयपछि आउन सक्ने चुनौति र खतराका बारेमा विज्ञहरुले चेतावनी दिएका छन् ।
फाइनान्सियल टाइम्सले पहिलो पटक योजनाको बारेमा दुई विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको थियो । तर ट्रम्पको टोलीले भने अहिलेसम्म स्पष्ट प्रतिक्रिया दिएको छैन ।




