सभापति रविको सांसद पद निलम्बविरुद्ध सर्वोच्च जाँदै रास्वपा

`

     २०८१ पौष ०९ गते ११:२७

काठमाडौं, पुष ९ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएपछि सांसद पदबाट निलम्बित बनेका रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पर्ने भएको छ ।

सोमबार सभामुख देवराज घिमिरेले रविको सांसद पद निलम्बन भएको सूचना टाँस गरेका थिए । संसद सचिवालयले राजनीतिक प्रतिशोधबाट प्रेरित भएर निलम्बन रहेको ठहर गर्दै रास्वपा अदालतमा जाने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?