काठमाडौं, पुस ८ । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ।
सोमबार अपराह्न ४ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।उनकाअनुसार बैठक भर्चुअल हुनेछ।
बैठकमा समसामयिक परिस्थितिमा छलफल हुने उनले बताए।
रास्वपाका सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो। सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वत: निलम्बनमा परेको थियो।




