ब्राजिलमा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

`

     २०८१ पौष ०८ गते ११:४९

काठमाडौँ, पौष ८ । ब्राजिलमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

ब्राजिलको ग्रामाडो सहरमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सबै मानिस एकै परिवारका सदस्य थिए । यो एक निजी विमान थियो, जुन आइतबार बिहान ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेजीले उडाएका थिए ।

दुर्घटनामा उनी बाहेक उनकी श्रीमती, तीन छोरी र परिवारका अन्य केही सदस्यको मृत्यु भएको छ । उनको कम्पनीको तर्फबाट एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?