रवि लामिछाने सहितको मुद्दा अदालतमा पेस

`

     २०८१ पौष ०७ गते १२:३७

काठमाडौँ । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीहरू विरूद्धको मुद्दा कास्की जिल्ला अदालतमा पेस भएको छ।

आइतबार सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा पेस गरेको हो।

मुद्दा अहिले दर्ता हुने प्रक्रियामै रहेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

सरकारी वकिल कार्यालयले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, जिबी राईका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङ लगायतविरूद्ध मुद्दा दर्ता गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?