१० वर्षमा वैदेशिक रोजगारीमा गएका १० हजार बढीको मृत्यु

`

     २०८१ पौष ०२ गते ७:२५

काठमाडौं, २ पुस । नेपाली श्रमिकको विदेशमा मृत्यु हुनेको संख्या डरलाग्दो देखिएको छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्दा १० हजारभन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाएका छन् ।

अन्तर्राष्ट्रिय प्रवास श्रमिक दिवसमा जिफन्टले निकालेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म अर्थात् १० वर्ष अवधिमा वैदेशिक रोजगारी क्रममा १० हजार २ सय ७४ नेपालीले ज्यान गुमाएका छन् ।

गत आवमा मात्र १ हजार ४ सय ९२ नेपाली श्रमिकले ज्यान गुमाएको र ५ सय ७८ जना अंगभंग भई स्वदेश फर्किएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?