सरकार ढल्दैन: शंकर पोखरेल

`

     २०८१ पौष ०२ गते १२:३३

काठमाडौं, २ पुष । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्व र सुशासन दिनका लागि देशका प्रमुख दुई दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाईएको स्पष्ट पारेका छन् । उनले अहिलेको सरकार कसैले चाहेर नढल्ने दाबी गरे । नेपाल निजामती कर्मचारी संगठनको प्रथम विधान अधिवेशन तथा १८औं केन्द्रीय परिषद् बैठकलाई हिजो सम्बोधन गर्दै महासचिव पोखरेलले दुई दलले नचाहँदासम्म अरु कसैले चाहेर यो सरकार नढल्ने हुँदा कर्मचारीहरूले ढुक्क भएर काम गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय राजनीतिमा एक खालको निराशा र कुण्ठा बढेको र देशमा सबै सकियो भन्ने खालको भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको उनको भनाई थियो । सबै क्षेत्रमा सामाजिक अराजकता बढेको बताउँदै महासचिव पोखरेलले यो लोकतन्त्र र देशकै लागि हानिकारक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?