काठमाडौँ, मंसिर २८ । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्ड पाँच दिनसम्म आंशिक प्रभावित हुने भएको छ।
जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले शनिबार बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म सवारी आवागमन आंशिक प्रभावित हुने मुग्लिङ–पोखरा सडक योजना ९पश्चिम खण्ड० ले जनाएको छ।
कोत्रेखोला पुलमा ‘गिर्डर लन्चिङ’ गरिने भएकाले उक्त सडक खण्डमा एक पटकमा बढीमा एक घण्टा यातायात सञ्चालन प्रभावित हुने योजनाले जनाएको छ।




