जीबी राईको राहदानी रोक्का

`

     २०८१ मंसिर २८ गते १२:५५

ठमाडौं, २८ मंसिर । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राईको राहदानी रोक्का गरिएको छ ।

राहदानी विभागलाई कास्की जिल्ला प्रहरी कार्यालयले जिबीको राहदानी रोक्का राखिदिन भन्दै पत्राचार गरेको थियो । सोही पत्राचारको आधारमा उनको राहदानी रोक्का राखिएको हो । कास्की जिल्ला प्रहरीले जिबीको राहदानी रद्द गरिदिनसमेत पत्राचार गरेको थियो । तर, विभागले राहदानी रद्द गर्न नमिल्ने बताएसँगै रोक्का राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?