रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

`

     २०८१ मंसिर २७ गते ११:२७

काठमाडौँ, २७ मंसिर । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिँदै छ । त्यसैले पुनः म्याद थपका लागि अदालत उपस्थित गइएको हो ।

लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको तयारीमा जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?