एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

`

     २०८१ मंसिर २० गते २:२२

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीले बैठक यहि मंसिर २६ र २७ गते बस्ने गरी बैठक बोलाएको हो । उपमहासचिव राजकुमार भट्टराईले दुई दिन बस्नेगरी बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा स्थानीय तहको उपनिर्वाचनको समीक्षा, नेताहरूको कार्य विभाजन तथा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?