रास्वपाको कार्यकर्ताले गर्यो पत्रकार माथि हमला

`

     २०८१ मंसिर १९ गते ६:१०

काठमाडौं, १९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले चितवनमा पत्रकारमाथि हातपात गरेका छन् । रास्वपा सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा नेता, कार्यकर्ता तथा समर्थकहरुले नेपाल पत्रकार महासंघका सदस्य तथा कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजामाथि हातपात गरेका हुन् ।

उक्त घटनाप्रति नेपाल पत्रकार समहासंघ चितवनलगायतका संस्थाहरुले आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?