ओली चीन भ्रमणमा जाँदा बन्द गरिएको विमानस्थल ४५ मिनेटपछि खुल्यो

`

     २०८१ मंसिर १७ गते ११:५१

काठमाडौँ, १७ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ४५ मिनेटपछि खुलेको छ ।

प्रधानमन्त्री ओली ११ः०५ बजे हिमालय एयरलाइन्सको जहाजमार्फत चीन उडेका छन् । उनी उड्नुअघि र पछि गरेर विमानस्थल आधा घण्टा बन्द गर्ने भनिए पनि करिब ४० मिनेट अन्य उडान अवतरण भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?