खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शन

`

     २०८१ मंसिर १२ गते ६:३०

एजेन्सि, १२ मङ्सिर । पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानका समर्थकहरूले आफूहरूको प्रदर्शन अस्थायी रूपमा फिर्ता लिएका छन् । पाकिस्तानमा पीटीआईका कार्यकर्ता र समर्थकहरू पार्टीका शीर्ष नेता इमरान खानको रिहाइलाई लिएर गएको केही दिनदेखि प्रदर्शन गरिरहेका थिए ।

उनलाई रिहा नगरेसम्म आफूहरूले इस्लामवाद नछाड्ने र पछि पनि नहट्ने भन्दै समर्थकहरू अड्डी कसेर बसेका थिए । प्रदर्शनकारीहरूले मङ्गलवार प्रहरीको ब्यारिकेड पनि तोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?