कुलमानले गर्यो महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार

`

     २०८१ मंसिर १२ गते ५:४२

काठमाडौँ, १२ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।

प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाएका हुन् ।

उनले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?