काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ ।
बुधवार दिउँसो बसेको बैठकले ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावलाई पारित गरेको एक सदस्यले जानकारी दिए । मंगलबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई लेखेको पत्रमा टेकेर ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने प्रस्ताव गरेका थिए ।
बोर्डका दुई सदस्य कपिल आचार्य र भक्तबहादुर पुनले भने फरक मत राखेका थिए ।