काठमाडौं, ११ मंसिर । साइबर क्राइम कसुरमा प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । प्रसाईँका छोरा निराजनले गैरकानुनी थुनामा राखिएको दाबी गर्दै बन्दीपत्यक्षीकरण रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोज शर्माको इजलासले प्रसाईँलाई सशरीर उपस्थित गराउन आदेश दिएको थियो ।




