उपनिर्वाचन हुने स्थानीय तहमा बिदा दिन आयोगको अनुरोध

`

     २०८१ मंसिर ०९ गते ५:४९

काठमाडौं, मंसिर ९ । उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्ने भएको छ।

आइतबार बसेको बैठकले निर्वाचनका लागि मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिने र मतदाताका लागि मतदान गर्न सहज वातावरण बनाउनेबारे निर्णयहरू गरेको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?