रविलाई १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

`

     २०८१ मंसिर ०९ गते ३:१६

काठमाडौं, ९ मंसिर । सहकारी ठगी प्रकरणमा पटक(पटक म्याद थपेर प्रहरी हिरासतमा राखिएका रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति प्राप्त भएको छ । म्याद थपको लागि लामिछानेलाई प्रहरीले कास्की जिल्ला अदालत पेश गरेको थियो ।

न्यायाधीश हिमलाल बेलवासेको इजलाशले १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । आज थपिएको म्याद पाँचौ पटकको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?