स्वास्थ्यको समस्या देखाउँदै प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा

`

     २०८१ मंसिर ०९ गते १:३९

काठमाडौँ, मंसिर ९ । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । शिक्षा मन्त्रालयको सचिवबाट अवकास पाएपछि गत असारमा उनी प्रतिनिधि सभाको सचिव बनेका थिए ।

तर उनले स्वास्थ्यको कारण देखाउँदै आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबारबाट लागू हुनेगरी राजीनामा बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?