काठमाडौं, ७ आश्विन । संयुक्त राष्ट्रको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूयोर्कमा समेत विरोधको सामना गर्नुपरेको छ । सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई सरकारले पक्राउको तयारी गरिरहेको बेला अमेरिकामा रास्वपाका समर्थकले ओलीको विरोधको तयारी गरेका थिए ।
स्रोतका अनुसार ओलीलाई ‘कालोझण्डा’ र ‘जुत्ता प्रहार’ गर्ने सूचनापछि कार्यक्रम नै रद्द गरिएको हो । ओलीविरुद्ध पर्चा छापिएको थियो । समाचार सूत्रका अनुसार पर्चामा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा संलग्न विभिन्न भ्रष्टाचार काण्डसमेत उल्लेख गरिएको थियो ।




