गोर्खा मिडियाका तत्कालीन अध्यक्ष लाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

`

     २०८१ आश्विन ०७ गते ४:०४

काठमाडौं, आश्विन ७ । जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन अध्यक्ष तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो ।

जोशीलाई आइतबार राती पोखरा लगिएको थियो । जोशी विदेश जाने तयारी गरेकोले जरुरी पक्राउ पुर्जी दिएर काठमाडौंबाट पक्राउ गरिएको हो । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?