माओवादीप्रति देशभर आकर्षण बढ्न थाल्यो : प्रचण्ड

`

     २०८१ आश्विन ०२ गते १:५८

काठमाडौं, २ आश्विन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति देशभर आकर्षण देखिन थालेको बताएका छन् । बुधबार केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै उनले देशका लागि केही गर्ने माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेको बताएका हुन् ।

आफूहरु परामर्श बैठकको सन्दर्भमा सातै प्रदेश पुगेर फर्केको र पछिल्लो समय मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा पुगेर आएको जानकारी दिँदै उनले पार्टीप्रति जनआकर्षण बढ्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?