कांग्रेसको भूपू सैनिक विभागमा १० जना सदस्य मनोनीत

`

     २०८१ भाद्र २७ गते २:१६

काठमाडौँ, २७ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भूपू सैनिक विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका छन् । पार्टीको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ ९९० बमोजिम देउवाले केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु प्रमुख ररहेको विभागमा १० जनालाई मनोनीत गरेका हुन् ।

मनोनीत भएका सदस्यहरुमा गर्जबहादुर गुरूङ, हेमलाल लिम्बु, तुलबहादुर गुरुङ, जोवानसिंह ठकुरी, भिम चन्द, भावना घर्ती मगर, गुणबहादुर कार्की, लिला मास्के राना, गोपाल तामाङ र सुनिता लामिछाने रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?