राष्ट्रपतिको युरोप भ्रमणमा साढे २ करोड खर्च

`

     २०८१ श्रावण १७ गते ५:४७

काठमाडौं, १७ श्रावण । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ ।

राष्ट्रपति पौडेलको युरोप भ्रमणका क्रममा भएको २ करोड ४३ लाख रुपैयाँ खर्च अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको हो ।

राष्ट्रपति पौडेल २९ जेठ २०८१ का दिन स्वीट्जरल्यान्ड प्रस्थान गरेका थिए । उनी अन्तर्राष्ट्रिय श्रम सम्मेलनका दौरान सो मुलुक पुगेका हुन् ।

उनी त्यसपछि जर्मनीको औपचारिक भ्रमणमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?