राप्रपाका जिल्ला अध्यक्षहरुको भेला साउन १७ र १८ गते काठमाडौँमा हुँदै

`

     २०८१ श्रावण १६ गते ३:१८

काठमाडौँ, १६ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला यही साउन १७ र १८ गते काठमाडौँमा हुने भएको छ ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले यही साउन १७ गते धुम्बाराही स्थित एसआर बैंक्वेटमा भेलाको उदघाटन गर्नुहुने कार्यक्रम तय भएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?