काठमाडौं, १६ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनियल मेउलीले शिष्टाचार भेट गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा आप्रवासनका सवाल र रोजगार सेवा केन्द्रको सबलीकरण गर्ने
सम्बन्धमा छलफल भएको छ। त्यस अवसरमा मन्त्री भण्डारीले नेपालले रोजगार सेवा केन्द्रलाई रोजगारीको केन्द्र का रूपमा विकास गर्नका लागि सम्बन्धित विकास साझेदारसँगको सामूहिक छलफलबाट निष्कर्षमा पुग्नुपर्ने र आप्रवासनका सवालको सम्बोधन सरोकारवाला सबैसँगको सहकार्यमा गर्न चाहेको बताए।
यसैगरी मंगलबार स्वीस सम्पर्क नेपालका देशीय निर्देशक सञ्जय कार्कीसहितको टोलीसँग आन्तरिक रोजगारी प्रवर्द्धनका लागि गर्न सकिने सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो ।