अर्को साताबाट काठमाडौँ प्रहरी नयाँ भवनमा सर्दै

`

     २०८१ आषाढ २१ गते ५:४३

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले अर्को साताबाट भद्रकालीस्थित नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।

एक अर्बभन्दा बढी लगानीमा तयार भएको भवनबाट २६ असारबाट सेवा प्रवाह गर्न सुरु गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

प्रहरी महानिरीक्षक ९आईजीपी० वसन्त कुँवरले भद्रकालीस्थित नवनिर्मित भवनको उद्घाटन गर्ने तयारी छ । २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?