काठमाडौँ, ७ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० ले महाधिवेशनलाई लक्षित गरी सङ्गठन सुदृढीकरणको अभियानलाई तीव्रता दिएको छ । लोसपाले जिल्ला–जिल्लामा सदस्यता अभियान चलाइरहेको छ भने भातृ सङ्गठन र शुभेच्छुक सङ्गठनहरूलाई पूर्णता दिएको छ । २०८२ वैशाखमा पार्टीको महाधिवेशन गर्ने गरी तयारी चलिरहेको सो पार्टीका महासचिव मनिष मिश्रले जानकारी दिए ।




