गिरीबन्धु टि इस्टेटको छानबिन गर्न तपाईंको सिंहको मुटु छ

`

     २०८१ आषाढ ०५ गते ३:२७

काठमाडौं, ४ असार । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले गिरीबन्धु टी इस्टेटको जग्गा घोटालाको अनुसन्धान गर्न सक्नुहुन्छ भनी गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थानीले भने, “गिरीबन्धु टि इस्टेटको छानबिन गर्न तपाईंको सिंहको मुटु छ ? सक्नुहुन्छ त्यसमा तपाईंले ? क्यान्टोनमेन्टको घोटालाको बारेमा तपाईं छानबिन गर्न सक्नुहुन्छ ?ओम्नी र यतीको बारेमा तपाईं छानबिन गर्न सक्नुहुन्छ?”

उनले अगाडि भने, ‘कि भन्नुस् म सिंह हुँ, म सुतिराख्या छु उठेपछि जे पनि गर्छु ।’ त्यस्तै उनले फाइल खोल्न किन ढिलो गरेको भन्दै अर्को प्रश्न गरेका छन् । “किन ढिलो गर्नुभएको छ फाइल खोल्न, अरुलाई फिस्टाको मुटु भन्नुहुन्थ्यो, तपाईं सिंहको मुटु भएको मान्छे के कारणले सुतिरहनुभएको छ अहिले रु”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?