काठमाडौं,४ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद सचिवालयमा कार्यरत कर्मचारीले अतिरित्त समयमा गरेको कामको भत्तँ नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्त भत्ताको माग गर्दै केही दिनदेखि कर्मचारीले आन्दोलन गरिरहेकोतर्फ सरकार गम्भीर हुनपर्ने बताए ।
‘उहाँहरूले हिजोको भत्ता माग्नुभएको छैन। कमसेकम अब अतिरिक्त समयमा काम गरेको भत्ता त पाउनुपर्यो। अर्थमन्त्रालय लगायत अन्यत्रका कर्मचारीले पाउने, संसदका कर्मचारीले किन नपाउनेरु,’ उनले प्रश्न गरे, ‘आज म देखिरहेको छु, सभामुखलाई सहयोग गर्न सबै कर्मचारी हुनुहुन्न, बाहिर धर्नामा हुनुहुन्छ। संसदभित्र यो दृश्य देखिनु आफैमा दुस्खद हो कि होइनरु’
सांसद पन्तले संसद्मा सांसदहरुले पढनका लागि भनेर आउने गरेको पत्रिका कटौती भएकोबारे जवाफ पनि माग गरेका छन् । उनले देशको अर्थतन्त्र पत्रिका किन्न नसकिनेगरि बिग्रिएको हो भन्दै प्रश्न गरे । उनले भने, ‘बाहिर सांसदहरूलाई पढ्न भनेर जतिपनि अखबारहरू राखिन्थ्यो, अहिले त्यो पनि कटौती भएको छ । के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो रु सांसदहरंलाई दिने पत्रिकापनि कटौती गर्ने अवस्थामा पुगेको हो र रु’




