सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ : गृहमन्त्री

`

     २०८१ ज्येष्ठ ३० गते ५:५३

काठमाडौं, ३० जेष्ठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताएका छन् ।

नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारमा रहुञ्जेल नागरिकलाई दुःख नदिने गरी काम गर्ने उनले बताए ।

उपप्रधानमन्त्री लामिछानेले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई आत्मसाथ गर्दै नागरिकको सपनालाई साकार पार्न अहिलेको व्यवस्थाप्रति कटिबद्ध भएर लागेको बताए । उनले ‘सबै गर्न सकिदैन तर, धेरै गर्न सकिन्छ’ भन्ने आस र भरोसाकासाथ आफूहरु अघि बढेको बताए ।

उनले भने, ‘तीन महिना सरकारमा बसेर मेरो पार्टीबाट मन्त्रि बनेकाहरुले एउटा पनि नराम्रो काम गरेका छैनन्, राम्रा काम भएका छन्’, उपप्रधानमन्त्री लामिछानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?