जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध निर्वाचित

`

     २०८१ ज्येष्ठ ३० गते २:१६

काठमाडौं, ३० जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उपेन्द्र पुनः अध्यक्ष चयन भएका हुन् । उनी पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?