प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

`

     २०८१ ज्येष्ठ २७ गते १:४१

काठमाडौं, जेठ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत गएका छन् ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आज साँझ ७: १५ बजे शपथ लिदै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?