बजेटको ब्याग नै गाँजाको हो: अर्थमन्त्री

`

     २०८१ ज्येष्ठ २५ गते ३:४३

काठमाडौं, जेठ २५ । अर्थमन्त्री वर्षमान पुनले गाँजाले बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको खुलासा गरेका छन् ।

प्रतिनिधि सभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले भने, ‘नेपाली उत्पादनको ब्याग भनेर बजेटको ब्याग नै गाँजाको हो । कसले उत्पादन गर्‍यो थाहा थिएन । गाँजाको झोला बोकेर बजेट प्रस्तुत गरियो ।’

उनले गाँजाको उत्पादन गाउँगाउँमा भइरहेको बताए । अप्रत्यक्ष रूपमा गाउँगाउँमा गाँजा खेती हुने सामान्य जस्तो रहेको भन्दै दाना उत्पादन, रेसा उत्पादन भइरहेको भेटिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?