काठमाडौं, २४ जेष्ठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टि स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले ७० बिघाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै सो उपर छानविन गर्न चुनौती दिएका हुन् ।
उनले गिरीबन्धुको अनुसन्धान गरेर काँग्रेसलाई दण्डित गर्न चुनौती दिए । उनले फाइल खोल्न तयार हुनुहुन्छ रु भनी गृहमन्त्रीलाई प्रश्न गरे ।




