‘प्रचण्ड’ लाई पोखरामा सहकारी पीडितहरुले देखाए कालो झण्डा

`

     २०८१ ज्येष्ठ २३ गते १२:३९

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पोखरामा सहकारी पीडितहरुले कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री प्रचण्ड आज ९सोमबार० पोखराको सभागृहमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रमा सहभागी थिए ।

सो क्रममा सहकारी पीडितहरुले प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए । घटनालगत्तै प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा केही घम्साघम्सीसमेत परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?